स्याङ्जा २ मा ६ हजार बढी मतान्तरले अगाडि गुरुङ

स्याङजा । स्याङ्जा २ मा कांग्रेसका धनराज गुरूङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार, गुरुङले एमालेकी पदमा अर्याललाई ६ हजार १९१ मतले पछि पार्दै अग्रता लिएका हुन् ।
कांग्रेसका गुरुङले २८ हजार ३७ मत प्राप्त गरेका छन् भने एमालेकी अर्यालले २१ हजार ८४६ मत प्राप्त गरेकी छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६६३ मत प्राप्त गरेका छन् ।