हेटौंडामा प्रादेशिक खाद्य प्रणाली समिक्षा तथा योजना तर्जुमा गोष्ठी

तु खबर संवाददाता
२०७९ मंसिर १६,शुक्रबार १७:४२

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार प्रादेशिक खाद्य प्रणाली समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोग, बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र डब्लुएफपीको संयुक्त आयोगनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेको अध्यक्षता एवम् बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाँईको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा उनले यस प्रदेशमा कृषि सम्बन्धी ऐनहरु निर्माण गरिएको र कार्यान्वयनमा ल्याइएको बताए ।

यस्तै, कार्यक्रममा कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री इन्द्रमायाँ गुरुङ, हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइटेल, कृषि विकास निर्देशनालय हेटौंडाका निमित्त प्रमुख भरत प्रसाद विडारी, विउ विजन प्रयोगशाला हेटौंडाका प्रमुख राजन ढकाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौंडाका कृषि विकास महासाखाका प्रमुख झलकनाथ कँडेल लगायतकाको आतिथ्यता रहेको थियो ।