बिहीबार शेयर बजारमा सामान्य अंकको सुधार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१ विन्दुमा कायम भएको छ ।
अघिल्ला दिनहरुमा घटबढको उतारचढाव देखिएको शेयर बजारमा आज ११ अंकको सुधार देखिएको हो ।
यस्तै, आज नेप्सेमा सूचीकृत २४१ कम्पनीको ३८ लाख ६५ हजार ९६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३२ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।