खोलामा डुबेर एक महिलाको मृत्यु
पाल्पा । पाल्पाको रिब्दीकोटमा खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नं. १ जोगिथुम बस्ने ४९ वर्षीया तिलाकुमारी कुमालको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार, मानसिक अवस्था ठीक नभएकी कुमालको रिब्दीकोटको सातमुरेस्थित रिडी खोलमा डुबेर मृत्यु भएको हो । उक्त घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।
