मंगलबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ मंसिर १३,मंगलवार १५:५६

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजार झिनो अंकले बढेको छ । अघिल्लो दिन १५ अंकले घटेको नेप्से परिसचूक आज २.९९ अंकले बढेर १९५३ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २३४ कम्पनीको २५ लाख ८९ हजार ९९७ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम समेत माथि उक्लिन सकेको छैन ।