नेकपा एमालेका मानवीर राई सोलुखुम्बुबाट विजयी

सोलुखुम्बु । सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका छन् ।
उनले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गर्दै जित हात पारेको हो । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत प्राप्त गरे ।