मकवानपुरमा सुमो दुर्घटना
२०७९ मंसिर ७, बुधबार १६:१४
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ सल्लेस्थित भीमफेदी–कुलेखानी सडकखण्डमा सवारी दुर्घटना भएको छ । हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४४६६ नम्वरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, उक्त सुमो सडकदेखि २०० मिटर तल खसेको छ । सुमोमा १० जना सवार रहेका थिए । जसमध्ये ३ जना सामान्य घाइते र अन्यको उद्धार गर्ने कार्य भइरहेको छ ।
हाल घटनास्थलमा ईलाका प्रहरी चौकी भीमफेदीका प्रहरी सहायक निरीक्षक खेचबहादुर कार्कीसहित ७ जना टोली र स्थानीय प्रहरी पुगेको छ । उक्त घटनाबारे थप विवरण आउँन बाँकी छ ।
