झलनाथ खनालको क्षेत्रमा मतगणना स्थगित

तु खबर संवाददाता
२०७९ मंसिर ७, बुधबार १२:३२
file-photo

इलाम । पूर्व प्रधानमन्त्री एवम् एकीकृत समाजवादीका नेता झलनाथ खनाल उम्मेदवार रहेको इलामा क्षेत्र नम्वर १ मा १४ घण्टादेखि मतगणना स्थगित भएको छ ।

कर्मचारीले जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै सत्ता गठबन्धन तर्फका राजनीतिक दलले मतगणना बहिस्कार गरेपछि गएराति करिब ८ बजेदेखि मतगणना स्थगित भएको हो । विवाद भएपछि अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जनाइएको छ ।

यो क्षेत्रमा नेकपा एमालेका महेश बस्नेतले खनाललाई पछि पारेका छन् । बस्नेतले १० हजार २८७ मत ल्याउँदा खनालले ८ हजार ७८० मत ल्याएका छन् ।