लालबहादुर थापाभन्दा इन्द्र बानियाँ १३५७ मतले अगाडि

तु खबर संवाददाता
२०७९ मंसिर ६,मंगलवार ११:५९

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका इन्द्रबहादुर बानियाँले अग्रता कायमै राखेका छन् ।
सो क्षेत्रको १२ हजार १२८ मत गणना गर्दा गठबन्धनका बानियाँले ६ हजार २५६ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका लालबहादुर थापाले ४ हजार ८९९ मत पाएका छन् ।
थापालाई बानियाँले १ हजार ३५७ मतले पछि पारेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका बद्री बहादुर खड्काले ३४१ मत पाएका छन् । मतगणना जारी रहेको छ ।