विष्णु ढकालको अग्रता कायमै, कुमारी मोक्तान पछ्याउँदै
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ को प्रदेशसभा (क) ताजा मतपरिणाम सार्वजनिक भएको छ ।
हालसम्म १३ हजार २०७ मत गणना गर्दा नेकपा एमालेका विष्णुप्रसाद ढकालले ५ हजार ८५५ मत प्राप्त गरेका छन् ।
त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनकी कुमारी मोक्तानले ५ हजार ५८५ मत पाएकी छिन् ।
राप्रपाका रामबहादुर घलेले ९७० मत पाएका छन् भने४७३ मत बदर भएको छ । मत गणना जारी रहेको छ ।
