सप्तरीमा सीके राउत दोब्बर मतका साथ अघि बढ्दै

तु खबर संवाददाता
२०७९ मंसिर ६, मंगलवार ०८:३९
file-photo

सप्तरी । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले अग्रता बनाएका छन् । राउतले जसपाका अध्यक्ष उपेन्द्र यादभन्दा दोब्बर मतसहित अग्रता कायम राखेका हुन् ।

उनले १२ हजार २२५ मत प्राप्त गर्दा जसपाका अध्यक्ष यादवको ६ हजार २० मत आएको छ । यस्तै, अर्का उम्मेदवार जेपी ठाकुरले २ हजार ३४४ मत पाएका छन् ।