हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर ५, सोमबार ०८:२८
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्व्र १४ मयुरधापमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर मृत्यु हुनेमा बाँके पैजापुर–४ निवासी ३० वर्षीय ओम प्रकाश थारु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार मयुरधापमा रहेको मकवानपुर कन्ट्रक्सन प्रालीमा मोटर लगाएर ईनार खन्ने क्रममा अचानक विद्युत सर्ट भएर करेन्ट लाग्दा थारु बेहोस भएका थिए ।

उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।