हेटौंडामा फेला परेको शंकास्पद वस्तु डिस्पोज

तु खबर संवाददाता
२०७९ मंसिर २, शुक्रबार १५:२६

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार बिहान फेला परेको शंकास्पद वस्तुलाई डिस्पोज गरिएको छ ।

हेटौंडा–१०, राप्तीपुल नजिकै प्रेसर कुकरसहित फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फेला परेको शंकास्पद वस्तुमा कुनै पनि विस्फोटक पदार्थ नभेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीले जिल्लामा सबै मतदान केन्द्रहरुमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको भन्दै ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरुलाई आग्रह गरेका छन् ।