बैंकको साधारणसभा स्थगन गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकलाई साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुनुका साथै सार्वजनिक शान्ति र सु–व्यवस्थामा समेत खलल पर्नसक्ने भएकाले आयोगले साधारणसभा स्थपगत गर्न निर्देशन दिएको हो ।
आयोगले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका व्यक्तिसमेत संचालक रहेको त्यस बैंकको साधारणसभा आगामी मङ्सिर २ गते काठमाडौँमा सम्पन्न हुने गरी आयोजना गरिएको र मौन अवधि सुरु भइसकेपछि ठूलो सङ्ख्यामा मानिस भेला गराई राजनीतिक प्रभाव पार्ने उद्देश्यले भोजभतेरसमेतको व्यवस्था गर्न लागेको उजुरी परेपछि आयोगले सभा रोक्न निर्देशन दिएको हो ।