मंगलबार शेयर बजारमा सामान्य अंकको गिरावट

तु खबर संवाददाता
२०७९ कार्तिक २९,मंगलवार १६:५३

काठमाडौं । उतारचढावकाबीच मंगलबार शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७ विन्दुमा कायम हुन पुगेको छ ।

मंसिर महिनामा बैंकहरुको ब्याजदर नघट्ने विषयले पनि शेयर बजार घट्न पुगेको हो । नेप्सेमा सूचीकृत २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज सर्वाधिक हाइड्रोपावर सूचकको ६ हजार ५६२ टोटल ट्रान्जेक्शन भएको छ ।