मकवानपुरको भीमफेदीमा एक युवक मृत फेला

तु खबर संवाददाता
२०७९ कार्तिक २८, सोमबार ०८:३२
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको भीमफेदीमा आइतबार एक जना युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ७ भण्डरखोप कोगटे बस्ने २१ वर्षीय कृष्ण भन्ने प्रविन रेग्मी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, रेग्मी आफ्नै घरदेखि २०० मिटर उत्तरतर्फ रहेको जंगलमा झिङगनको रुखमा नाईनलको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा मृत फेला परेका हुन् ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीको कमाण्डमा खटिएको प्रहरी टोली पुगेको थियो ।