भौतिक संरचनाको व्यवस्थापन मिलाउन स्थानीय तहलाई पत्राचार

तु खबर संवाददाता
२०७९ कार्तिक २७, आईतवार १५:४०
file-photo

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक पर्ने भौतिक संरचनाको व्यवस्थापन मिलाउन  स्थानीय तहहरुलाई पत्राचार गरेको छ ।

चुनावका लागि आवश्यक पर्ने भवन, परिसर र भौतिक संरचनाको व्यवस्थापन गरिदिन भन्दै मन्त्रालयमा परिपत्र गरेको थियो । सोही परिपत्र अनुसार निर्वाचनका लागि आवश्यक पर्ने भौतिक संरचनाहरुको व्यवस्थापन गरिदिन स्थानीय तहहरुलाई पत्राचार गरिएको सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालले जानकारी दिए ।

निर्वाचनका लागि सामुदायिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य सार्वजनिक स्थान आवश्यक परेको खण्डामा व्यवस्थापन गर्न आयोगले मन्त्रालयसँग आग्रह गरेको थियो ।