नदीले बगाउँदा एक पुरुषको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक २६, शनिबार १५:५६

तनहुँ । तनहुँमा शनिबार दिउँसो नुहाउने क्रममा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १० का ६० वर्षीय झिलकबहादुर पौडेल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ब्यास नगरपालिकास्थित मादी नदीमा नुहाउने क्रममा पौडेललाई नदीले बगाएर एक किलोमिटर तल पुर्याएको र तत्काल उद्धार गरी दमौली अस्पताल पठाइएको थियो । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तनहुँका प्रहरीले जनाएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएके छ ।