पिर्का प्रहार गरी बुबाको हत्या

रोल्पा । रोल्पामा आफ्नै बुबा ५४ वर्षीय मानसिंह घर्तिलाई काठको पिर्का प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा त्रिबेणी गाउँपालिका–४ पोखरी बस्ने २३ वर्षीय संदिप घर्ति रहेका छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, घरको भान्सा कोठामा दुवै जना बसेर मादक पदार्थ सेवन गरेपछि घरायसी विवादमा संदिपले पिर्का प्रहार गर्दा मानसिंहको घटनास्थलमै मृत्यु भएको थियो । सन्दीपलाई प्रहरी चौकी जुगार, अस्थायी प्रहरी पोष्ट बुढागाँउ र ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।