दिपेन्द्रचन्दले गरे ईन्द्र बानियाँको प्रशंसा
मकवानपुर । हाम्रो नेपाली पार्टीबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ का उम्मेदवार दिपेन्द्रचन्द ठकुरीले नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको प्रशंसा गरेका छन् ।
शनिबार फेसबुक लाइभमा बोल्दै उनले बानियाँ मुख्यमन्त्रीको लागि योग्य व्यक्ति भएकाले सदा सम्मान रहेको बताएका हुन् ।
हिमालयन टेलिभिजनले हेटौंडामा आयोजना गरेको महासंग्राम कार्यक्रममा टेलिभिजनले विभेदपूर्ण व्यवहार गरी आफुलाई मञ्चमा आसनग्रहण नगराएको भन्दै विरोधमा उत्रिएका ठकुरीले आयोजकले विभेदपूर्ण व्यवहार गरेपनि कार्यक्रममा सहभागी इन्द्रबहादुर बानियाँको कुनै दोष नरहेको स्पष्ट पारे । ‘इन्द्र दाई प्रति सम्मान छ, उहाँ मुख्यमन्त्री बन्न लाएक व्यक्ति हो, उहाँप्रति हाम्रो सम्मान छ,’ ठकुरीले भने ।
