यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार शेयरबजार झिनो अंकले बढेको छ । मंगलबार एकाएक उच्च अंकले बढेको शेयरबजार आज झिनो अंकले बढेको हो । प्रि–ओपनिङ सेसनमा नेप्से परिसूचक घटेपनि कारोबार बन्द हुनेबेलासम्म नेप्से परिसूचक ७.३२ अंकले बढेको इन्डेक्स १९३८ विन्दुमा कायम हुन पुगेको छ ।
शेयरबजारमा सामान्य सुधार देखिएसँगै कारोबार रकम एक अर्ब ४६ करोडमाथि पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको ७ करोड ८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको ५ करोड ६६ लाख, रिडी हाइड्रोपावरको ५ करोड १९ लाख, गोर्खाज फाइनान्सको ३ करोड ९४ लाख र हिमालयन डिस्टिलरीको ३ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
हेर्नुहास् सर्वाधिक कारोबार भएको कम्पनी ।