मकवानपुरको भीमफेदीमा एक जनाको शव फेला
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ५ बाह्रबिसेमा सोमबार साँझ एक जनाको शव फेला परेको छ । उक्त शव स्थानीय ४४ वर्षीय अजित सिं लामाको रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
प्रहरीका अनुसार, लामाको शव आफ्नै घरको माथिल्लो तल्लाको बल्डमा बिजुलीको तारले पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको हो । हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय भीमफेदीको टोली रहेको र शव पोष्टमार्टको लागि हेटौंडा ल्याउने तयारी भइरहेको जनाएको छ ।
