भारतको गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १३२ पुग्यो
काठमाडौं । भारतको गुजरातस्थित मोरबीमा आइतबार माच्छु नदीमा रहेको झोलुङ्गे पुल भत्किएर मृत्यु हुनेको संख्या १३२ जना पुगेको छ । माच्छु खोलामा बनेको शताब्दी पुरानो झोलुङ्गे पुल भत्किँदा उनीहरुको मृत्यु भएको हो ।
गुजरातका गृहमन्त्री हर्ष सिंह सांघवीले राति एक बजेसम्म ६८ जनाको शव निकालिएको बताएका थिए । राति अबेरसम्म राहत र उद्धार कार्य जारी रहेको तर, धेरै मानिस बेपत्ता भएको उनले जानकारी दिएका थिए । सोमबार बिहान सांघवीले मृत्यु हुनेको सङ्ख्या १३२ पुगेको बताएका छन् । यसअघि राति अबेर राति राजकोटका भाजपा सांसद मोहनभाई कल्याणजी कुण्डरियाले मृतकको सङ्ख्या बढ्न सक्ने आशंका समेत गरेका थिए ।
