घरको झ्यालबाट खसेर बालिकाको मृत्यु
काठमाडौं । काठमाडौंको बागबजारमा एक घरको झ्यालबाट खसेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । आइतबार बेलुकी करिब ९ बजे बागबजारको एक घरबाट खसेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार, नानीदेवी महर्जनको घरको पाँचौं तलाको झ्यालबाट खसेर रियासा महर्जनको मृत्यु भएको हो । झ्यालबाट खसेर उनी गम्भीर घाइते भएका थिए ।
घाइते उनको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति नै मृत्यु भएको हो । उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
