मकवानपुरमा थप ८ जनामा मात्रै डेंगु संक्रमण

तु खबर संवाददाता
२०७९ कार्तिक ५, शनिबार १७:५८

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा ८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका रहेका छन् । त्यहाँ क्रमशः ४/४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ४ हजार ६५९ जना पुगेको छ । जसमध्ये २ हजार ५९३ जना पुरुष र २ हजार ६६ जना महिला रहेका छन् । जिल्लामा उक्त संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।