हेटौंडाको राप्ती खोलामा एक जनाको शव फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० राप्ती खोलाबगरमा एक जनाको शव फेला परेको छ । मंगलबार साँझ साढे ७ बजेको समयमा अन्दाजी ६० वर्षीया एक जना महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनको हाल सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । ती महिलाको २/३ दिन पहिला नै मृत्यु भएको जस्तो देखिने प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
उनको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
