अख्तियारको हेटौंडा कार्यालयद्वारा घुससहित एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ आश्विन ३१, सोमबार १६:०५
file photo

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रुकमसहित जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादव रहेका छन् ।

उनलाई अख्तियारको हेटौडा कार्यालयको टोलीले सोमबार ५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको हो । सेवाग्राहीसँग लिएको ५ हजार घुस रकमसहित यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

उनले १६ सय जरिवाना तोकेर रोक्का राखिएको जग्गा फुकुवा गराइदिने भनी रकम माग गरेको बुझिएको छ । पक्राउ परेका नउीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।