शैक्षिक सत्र २०७९ को एसईईको परीक्षा चैत्र दोस्रो हप्तादेखि हुने

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ को कक्षा १० को माध्यामिक शिक्षा परीक्ष (एसईई) यही चैत्र दोस्रो हप्ता गर्ने तालिका सार्वजनिक गरेको छ । एसईई परीक्षा संचालन चैत्रको दोस्रो सातादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गर्ने जनाएको हो ।
कार्यतालिका अनुसार, प्रदेशले कक्षा १० को परीक्षाको लागिआवेदन फाराम छपाई र वितरणकार्तिक मसान्तसम्म, जिल्लाले आवेदन फाराम भराउने मङ्सिर मसान्तसम्म र गत वर्षको रजिष्ट्रेसन तथा यस वर्षको आवेदन फाराम इन्ट्री पुष मसान्तसम्म गराउनुपर्नेछ ।
त्यस्तैगरी, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माघ पहिलो हप्ता परीक्षाको समय तालिका प्रकाशन गर्ने, जिल्ला तथा प्रदेश र राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माघ मसान्तसम्म परीक्षा केन्द्र निर्धारण गर्ने, सिम्बोल नम्बर कायम गर्ने, फागुन दोस्रो हप्तासम्म परीक्षा केन्द्र इन्ट्री र रुजु गर्ने र फागुन मसान्तसम्म जिल्लाले प्रयोगात्मक परीक्षाको अंक र अयोग्य विवरण पठाउनेछ ।