हेटौंडामा निर्वाचनको निष्पक्ष मिडिया कभरेजसम्बन्धी कार्यशाला गोष्ठी

तु खबर संवाददाता
२०७९ आश्विन १३, बिहीबार ०८:४२

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचनको निष्पक्ष मिडिया कभरेजसम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठी बुधबार मिडिया एक्शन नेपालको आयोजना र क्यानाडा कोषको सहकार्यमा सम्पन्न भएको हो ।

मकवानपुर र चितवनका २० जना संचारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा मिडिया एक्शन नेपालका सचिव गणेश प्रसाद घिमिरेले कार्यक्रमको परिचय र उद्देश्यमाथि प्रस्ट पारेका थिए ।

यस्तै, मिडिया एक्शन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले आसन्न निर्वाचनलाई लक्षित गरेर निर्वाचनमा संचारकर्मीका लागि व्यावसायिक मापदण्ड र आचारसंहिता, निर्वाचनको निष्पक्ष मिडिया कभरेजबारे जानकारी गराएका थिए ।

यसैगरी, मानव अधिकार विशेषज्ञ श्री अधिकारीले मानव अधिकारका रिपोर्टिङमा मिडियाको दृष्टिकोणका बारेमा प्रस्ट पारेका थिए भने मिडिया एक्शन नेपालकी उपाध्यक्ष प्रियंका झाले संचारकर्मीले घृणायुक्त भाषणको विरुद्धमा कसरी समाचार लेख्ने र समावेशी मिडिया सामग्रीको विषयमा प्रस्ट पारेकी थिइन् ।