भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार नाघ्यो

तु खबर संवाददाता
२०७९ आश्विन ४, मंगलवार ०९:०३
file-photo

भारत । भारतमा एकैदिन ४ हजार ८५८ नयाँ कोरोना संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोभिड–१९ को संक्रमितको संख्या ४ करोड ४५ लाख ३९ हजार ४६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४८ हजार २७ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३३५ पुगेको छ । कुल संक्रमितको ० दशमलब ११ प्रतिशत सक्रिय संक्रमित छन् । त्यस्तै, राष्ट्रिय कोभिड–१९ संक्रमणमुक्त हुनेको दर ९८.७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दैनिक संक्रमण दर २.७६ प्रतिशत छ भने साप्ताहिक संक्रमण दर १.७८ प्रतिशत छ । पछिल्लो समय भारतसहित विश्वभर संक्रमण दरमा कमी आएको छ ।