मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा सोमबार साँझ वर्षासँगै आएको चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ११ बस्ने अन्दाजी ५५ वर्षीय आइतसिं भोलन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार साँझ घरमा बसिरहेको अवस्थामा वर्षासँगै आएको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
यस्तै, हिजो साँझ नै आएको चट्याङ लागेर सोही ठाउँ बस्ने भिम बहादुर.स्याङ्तानको गोठमा रहेको गोरुको मरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।