राष्ट्रिय युवा संघ बागमतीको कोषाध्यक्षमा मकवानपुरका भण्डारी

तु खबर संवाददाता
२०७९ भाद्र २६, आईतवार ०९:४०
file-photo

मकवानपुर । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको कोषाध्यक्ष पदमा मकवानपुरका नरेन्द्र भण्डारी चयन भएका छन् । युवा संघ बागमतीको भक्तपुरस्थित सूर्यविनायकमा भएको प्रथम अधिवेशनबाट कोषाध्यक्ष पदामा भण्डारीलाई चयन गरिएको हो ।

अधिवेशनले जय गुरुङको नेतृत्वमा ९७ सदस्यीय कार्य समिती चयन गरिएको थियो । जसमध्ये भण्डारीलाई कोषाध्यक्ष पदमा चयन गरिएको हो । यस्तै, समितिको उपाध्यक्षमा दिलिप पौडेल, सचिवमा राजु तिवारी सहसचिवमा माधव श्रीमाली, सहसचिवस् राजेश खड्का चयन भएका छन् ।

यसैगरी, बागमती युथफोर्सको संयोजकमा सुरेनविक्रम योन्जन चयन भएका छन् भने उपप्रमुखमा सुमितजंग कार्की रहेका छन् । युवा संघकै घटक साइबर सर्कल एवंम् प्रवक्तामा विनोद पौडेलसहित ९७ सदस्यीय प्रदेश कमिटी चयन भएको युवा संघले जनाएको छ ।

सूर्यविनायकमा भएको अधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गरेका थिए । अधिवेशनमा युवा संघ इन्चार्ज महेश बस्नेत, केन्द्रीय अध्यक्ष किरण पौडेल, क्रान्ति बुर्लाकोटी, महासचिव क्षितिज थेबेलगायतले शुभकामना दिएका थिए ।