करेन्ट लागेर बाबु–छोराको मृत्यु
सिरहा । सिरहाको गोलबजारमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृतयु हुनेमा जिल्लाको गोलबजार नगरपालिका वडा नम्वर ६ ग्रामीण बजारका ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय अमनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । प्रहरीका अनुसार, इनारभित्र राखेको पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेका बुबालाई छु्याउन गएका छोरालाई पनि करेन्ट लागेर दुबै जना गम्भीर घाइते भएका थिए ।
करेन्ट लागर घाइते दुबै जनालाई तत्काल उपचारको लागि स्थानीय भुमिजा अस्पताल पुर्याएकोमा उपचार सम्भव नभएपछि थप उपचारको लागि प्रदेशिक अस्पताल लहान लाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । दुबै शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ ।
