कृत्रिम तालमा डुबेर बेपत्ता भएका पुरुषको शव फेला

तु खबर संवाददाता
२०७९ भाद्र ८, बुधबार १६:०८
सांकेतिक तस्वीर

दाङ । दाङको घोराही उपमहानरपालिका–१७ स्थित कृत्रिम तालमा डुबेर बेपत्ता भएका एक जना पुरुषको शव फेला परेको छ । तालमा डुबेको बेपत्ता भएका स्थानीय अमर चौधरीको शव दुई दिनपछि भेटिएको जिल्ला कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार, उनको शव बुधबार पौने १ बजेतिर शव फेला परेको हो । चौधरी सोमबार दिउँसो ११ बजे घुङ्गी खोज्न जाँदा तालमा डुबेर बेपत्ता भएका थिए । लगत्तै गोताखोरको टोली, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले घटनास्थल पुगेर दुई दिनसम्म उनको शव खोजी गरेको थियो ।