मकवानपुरमा एक जनाको शव फेला
मकवानपुर । मकवानपुरमा एक जनाको शव फेला परेको छ । जिल्लाको बकैयाँ गाउँपालिका वडा नम्वर ७ हिरामुनीमा सोमबार एक जना महिलाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
उक्त शव स्थानीय ६२ वर्षीया कृष्णकुमारी लामा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, लामा शव को शव आफ्नै घरबाट करिब १ किलोमिटर नजिक बारीको झाडिमा घोप्टो परेको अवस्थामा फेला परेको हो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
