कोटेश्वरमा दुई वटा सार्वजनिक गाडी तोडफोड, एक जना पक्राउ
काठमाडौं । काठमाडौंको कोटेश्वरमा बन्दकर्ताहरुले दुईवटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । कोटेश्वरको आकाशे पुल नजिक बा. ४ ख ९३९४ नम्बरको बसमा तोडफोड गरिएको छ ।
‘महासागर’ लेखिएको सो बसको अगाडीको भागमा क्षति पुगेको छ । त्यस्तै, भाटभटेनी अगाडि बा.३ ख ७९०६ नम्बरको हाइस गाडी तोडफोड गरिएको छ । माइक्रोबसको अगाडीको भागको सिसा फुटेको छ ।
बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले गाडी तोडफोड गरेको बताइएको छ । बस तोडफोड गर्ने एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पठाओ चढेर आएका युवकले बस तोडफोड गरेका हुन् ।
