हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री घोषणा गरिने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकालाई आगामी वर्ष २०८० को मंसिरसम्म बालमैत्री घोषणा गरिने भएको छ । आइतबार हेटौंडामा आयोजित अभिमुखिकरण कार्यक्रममा उपमहानगरका प्रमुख मिनाकुमारी लामाले आगामी वर्षको मंसिरसम्ममा नगरलाई बालमैत्री उपमहानगरपालिका घोषणा गर्ने बताएकी हुन् ।
कार्यक्रममा नगरप्रमुख लामासहित सहभागिहरुले उपमहानगरलाई बालमैत्री स्थानीय शासन नितिगत कार्यान्वयनका लागि अवलम्बन तथा घोषणाको लागि सामुहिक प्रतिवद्धता समेत जनाएका थिए ।
बालमैत्री घोषणा गर्ने तयारीका लागि हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामाको संयोजकत्वमा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिबराज चौलागाई नगरका सम्पुर्ण वडाका अध्यक्षहरु, उपमहानगरका शिक्षा, स्वास्थ्य, सामाजिक बिकास महाशाखा, बिषयगत संघसस्था, बिद्यालयका प्रधानाध्यापकहरु सम्मिलित समिति निर्माण गरिएको छ ।
