माओवादी केन्द्रको बैठक स्थगित

तु खबर संवाददाता
२०७९ भाद्र २, बिहीबार १८:३९
file photo

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी समितिको बैठक पुनः स्थगित बन्न पुगेको छ । विहिबार विहान ९ बजको लागि बोलाइएको बैठक दिउँसो ४ बजेसम्मको लागि सारिएको थियो ।

संसदमा नागरिकता विधेयकमाथिको छलफल नसकिएका कारण बैठक भोलि शुक्रबार बिहान ८ बजेसम्मलाई स्थगित भएको माओवादीको केन्द्रीय कार्यालयले जनाएको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पदाधिकारी घोषणा गर्ने तयारी रहेको थियो ।