इजिप्टमा आगोलागीमा परेर ४१ जनाको मृत्यु
काठमाडौं । इजिप्टको राजधानी कोप्टिक क्रिश्चियन चर्चमा आगोलागिमा परेर ४१ जनाको मृत्यु भएको छ । राजधानीको उत्रर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा आगोलागी हुँदा उनीहरुको मृत्यु भएको चर्च अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार, आगलागीको कारण खुलेको छैन् ।
आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालेको सुनिश्चित गर्न राज्यका सबै सेवाहरुलाई परिचालन गरिएको राष्ट्रपति अबदेल फताह अल सिसीले आफ्नो फेसबुक पेजमा घोषणा गरेका छन् । आगो नियन्त्रणमा लिइएको अग्नि सेवाले जनाएका छन् । कोप्ट्स मध्यपूर्वमा सबै भन्दा ठूलो इसाई समुदाय हो ।
