श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

तु खबर संवाददाता
२०७९ श्रावण २७,शुक्रबार १६:१३

पर्सा । श्रीमती हत्याको आरोपमा प्रहरीले पर्साको वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२३ घर भएका २६ वर्षीय दिनेश प्रसाद यादव रहेका छन् । पक्राउ परेका दिनेशले आफ्नै श्रीमती २३ वर्षीया प्रतिमा कुमारी यादवको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दिनेशले शुक्रबार बिहान ४ बजे बीरगञ्ज–२३ स्थित ईटियाही टोलमा घाँटी थिचेर श्रीमतीको हत्या गरेका थिए । मृतकको शव पोष्टमार्टमका लागी नारायणी अस्पताल वीरगञ्जमा राखिएको छ । उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।