हेटौंडाको क्विक ट्वान्टी होटलमा करेन्ट लागेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण २२,आईतवार १६:०२
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्राचौरस्थित क्विक ट्वान्टी होटलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा होटलमा कार्यरत कर्मचारीको बारा सिमरा उपमहानगरपालिका वडा नम्बर १५ घर भएका २० वर्षीय प्रदिप लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, करेन्ट लागेर गम्भीर घाइते भएका लामिछानेको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।