इक्वेडरको जेलमा झडप हुँदा कम्तिमा १३ जनाको मृत्यु

एजेन्सी
२०७९ श्रावण १७,मंगलवार ०९:३१
सांकेतिक तस्बिर

काठमाडौं । इक्वेडरको एक जेलमा परस्पर विरोधी गिरोहबीच झडप हुँदा कम्तिमा १३ कैदीको मृत्यु भएको छ । सान्तो डोमिंगो सहरको एउटा कारागारमा भएको झडपमा ४४ जना कैदीको मृत्यु भएको दुई महिनापछि पछिल्लो लडाइँ सुरु भएको हो ।

अधिकारीहरूले बेल्लाभिस्टा कारागारलाई पूर्ण नियन्त्रणमा लिएको जनाएका छन् । झडपमा २ जना कैदी घाइते भएका अधिकारीहरूले बताएका छन् ।

गृहमन्त्री क्यारिलोले बेलाभिस्टा जेलमा भएको यो पछिल्लो डरलाग्दो झडपपछि १३ शव फेला पारिएको बताए । सेलभित्र खोजी गर्ने क्रममा थप शव फेला पर्न सक्ने उनले अनुमान गरेका छन् ।