मंगलबार शेयर बजारमा भारी गिरावट

तु खबर संवाददाता
२०७९ श्रावण १०,मंगलवार १५:५८

काठमाडौं । मंगलबार शेयर बजारमा भारी गिरावट आएको छ । मौद्रिक नीतिमा पुँजी बजारसम्बन्धी लगानीकर्ताका केही माग सम्बोधन भएसँगै बढेको नेप्से आज ४४ अंकले गिरावट आएको हो । आज नेप्से परिसूचक ४४ अंकले घटेर २०८८ को विन्दुमा झरेको छ ।

नेप्सेमा सूचीकृत २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७० करोडमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै सूचक आज राताम्य छन् । सर्वाधिक आज प्रतिशतका आधारमा अन्य समूह ३.५६ अंकले घटेको छ भने रुपैयाँका आधारमा जीवन बीमा समूहको १३३ रुपैयाँले घट्न पुगेको छ ।