बागमती प्रदेश प्रमुख शर्माद्वारा प्रदेशमा विभूषणसम्बन्धि विधेयक प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेशसभा प्रमुख यादवचन्द्र शर्माले प्रदेशमा विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धि ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण गरेका छन् ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट हिजै पारित भई आएको प्रदेश विभूषणसम्बन्धि विधेयकलाई मंगलबार प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।
उक्त विधेयक बागमती प्रदेशसभाको सोमबार बसेको दोस्रो बैठकबाट सर्वसम्मत पारित भएको थियो । उक्त बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धि ऐन २०७६ लाई दफाबार छलफल गरी प्रतिवेदनसहित विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए ।
