बागमती प्रदेशसभाको १० औँ अधिवेशन अन्त्य
मकवानपुर । बागमती प्रदेश सभाको जारी दशौं अधिवेशन अन्त्य भएको छ । प्रदेशसभा सचिवालका सचिव कृष्णहरि खड्काले एक सूचना जारी गर्दै अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् ।
अधिवेशन अन्त्यको लागि बागमती प्रदेश सरकारले सिफारिस गरेपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बमोजिम सोमबार राती १२ बजेदेखि लागु हुने गरी प्रदेश सभाको दशौं अधिवेशन अन्त्य गरेका हुन् । १० औँ अधिवेशन बजेटमा केन्द्रीत थियो ।
