काइनेटिक ढुंगासहित बस्नेत पक्राउ
सुर्खेत । सुर्खेतमा काइनेटिक ढुंगासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ११ समावेशी टोलबाट ३२ वर्षीय दीपक बस्नेत रहेका छन् । बस्नेतलाई १६ क्वीन्टल काइनेटिक ढुंगासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
विशेष सूचनाको आधारमा पुगेको प्रहरीले आइतबार उनको घर खानतलासी गर्दा१६ क्वीन्टल ९१ किलो सात सय ग्राम अवैध काइनेटिक ढुंगा बरामद भएपछि निजलाई पक्राउ गरेको हो । बस्नेतलाई आवश्यक अनुसन्धानका लागि खानी तथा भूगर्भ कार्यालय सुर्खेतमा बुझाइएको जनाइएको छ ।
