हेटौंडाबाट गाँजासहित एक जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर ७ शान्तिटोल बस्ने २७ वर्षीय वीरेन्द्र बैठा रहेका छन् ।
बैठालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले १ किलो ५ सय ग्राम लागूऔषध गाँजासहित बुधबार बिहान पक्राउ गरेको हो । बसपार्कबाट माईक्रोमा चढ्न लागेका उनलाई उक्त गाँजासहित नियन्त्रणमा लिई घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।