पानीमा डुबेर तीन बालबालिकाको मृत्यु

तु खबर संवाददाता
२०७९ असार २९, बुधबार ०९:१६
file photo

रुपन्देही । लुम्बिनी प्रदेशको रुपन्देहीमा मंगलबार पानीमा डुबेर तीन जना बालबालिकाको मृत्यु भएको छ । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–५ पिपरहवा बस्ने फलउदिन ईनरियाकी छोरी ५ वर्षीया मुस्कान खातुन र सोही ठाउँ बस्ने मोहागुल्लाह ईनरियाकी छोरी ३ वर्षीया जयनम ईनरियाको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरु खेल्ने क्रममा घरबाट १ सय ५० मिटर टाढा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको हो । त्यस्तै, रुपन्देहीकै समरीमाई गाउँपालिका–५ दुबेथुमिवा बस्ने रोहित चाईकी छोरी ३ वर्षीया सिर्जना चाई सोही ठाउँ स्थित तिनाउ नदीमा मृत अवस्थामा फेला परेकी छन् । बुबाआमा खेतमा गएको बेला उनको नदीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीको प्रहरीले जनाएको छ । दुबै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।