राष्ट्रपति रनिङशिल्डको छात्र भलिबल : मकवानपुर सेमिफाइनलमा प्रवेश

तु खबर संवाददाता
२०७९ असार २६, आईतवार १७:०६

मकवानपुर । बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड अन्तरगत आइतबार भएको छात्र भलिबल प्रतियोगितामा मकवानपुर सेमिफाइनलमा पुगेको छ । बिहान भएको खेलमा काठमाडौंको भलिबल टिमलाई हराउँदै मकवानपुर सेमिफाइनलमा प्रवेश गरेको जिल्ला भलिबल संघका सदस्य नरेन्द्र मोक्तानले जानकारी दिए ।

मकवानपुरको छात्र भलिबल टिमले आज साँझ ललितपुरको भलिबल टिमसँग सेमिफाइनल खेल खेल्नेछन् । सेमिफाइनलमा विजयी भएमा मकवानपुर फाइनल प्रवेश गर्नेछ । आइतबारबाट सुरु भएको प्रतियोगिता सोमबारसम्म संचालन हुनेछ ।