चित्रकला प्रतियोगितामा नवोदय शिशु सदनका श्रेष्ठ प्रथम

तु खबर संवाददाता
२०७९ असार २४, शुक्रबार १५:२३

मकवानपुर । हेटौंडा स्कूल अफ म्यानेजमेन्टले हेटौंडामा आयोजना गरेको चित्रकला प्रतियोगितामा नवोदय शिशु सदनका एलेक्स श्रेष्ठ प्रथम भएका छन् । म्यानेजमेन्टले मातातीर्थ औंसीको अवसरमा आयोजना गरेको उक्त प्रतियोगितामा श्रेष्ठले कोरेको चित्र उत्कृष्ट घोषित भएको हो ।

यस्तै, प्रतियोगितामा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका समीर भट्टराई द्वितीय तथा बंशगोपाल माविका नविन राई तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेले क्रमशः नगद ५० हजार रुपैयाँ, ३० हजार रुपैयाँ र १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा सहभागीले आफ्नै आमाको चित्र कोर्नुपर्ने थियो । यस्तै, विशेष पुरस्कार हेटौंडा अफ स्कूल म्यानेजमेन्टकी शितल थापा मगरले प्राप्त गरेका छन् । थापाले नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका हुन् ।

यस्तै, बालजागृति सेकेन्डरी स्कुलका ऋतिक केबी र अश्विन्या श्रेष्ठ, मकवानपुर बहुमुखी क्याम्पसकी आइतमाया तामाङ, म्यानेजमेन्टकी श्रेया मिश्र, सैना प्रजापति, प्रतिक्षा गुरुङ र अञ्जली न्यौपाने, बंशगोपाल माविकी बिनित राई, जिएस निकेतनकी दिप्सिना थापा र दिया रिजाल सान्त्वन भएका छन् । उनीहरुले समान २–२ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

अन्तिम नतीजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार बिहान हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यमा भएको हो ।